बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँमा एक महिनामा ३५१ वटा आर्थिक अपराधका घटना दर्ता

बुधबार, ०२ पुस २०८२, २१ : ०९
बुधबार, ०२ पुस २०८२

काठमाडौँ । काठमाडौँ जिल्लामा सबैभन्दा धेरै आर्थिक अपराधका घटना हुने गरेको प्रहरीको तथ्याङ्कबाट देखिएको छ । काठमाडौँ जिल्लामा मंसिर महिनामा दर्ता भएका कसुर मध्ये आर्थिक अपराधसँग सम्बन्धित जाहेरी ३५१ वटा दर्ता भएको हो । 

काठमाडौँमा पछिल्लो १ महिनामा ७७१ वटा अपराधको घटना दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

जघन्य अपराधसँग सम्बन्धित घटना ३४ वटा र महिला, बालबालिका सँग सम्बन्धित घटना २७ वटा दर्ता भएका छन् । 

प्रहरीले ७९ लाख ८४ हजार हुण्डीको रकम सहित पक्राउ परेका प्रतिवादीको मुद्दा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा रूपान्तरण गरेर अनुसन्धान गरेको छ । 

काठमाडौँबाट मङ्सिर महिनामा ८ जना फरार प्रतिवादी पक्राउ परेका छन् । ती प्रतिवादीहरूलाई अदालतले ८४ लाख जरिवाना हुने फैसला गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप