सञ्चय कोषको भुक्तानी लिएर हिसाब मिलान गर्न अर्थ मन्त्रालयको आग्रह
शुक्रबार, ०४ पुस २०८२, २१ : ३६
काठमाडौँ । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी गरेर छाडेका सञ्चयकर्तालाई भुक्तानी लिएर हिसाब मिलान गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ मन्त्रालय वा यस अन्तर्गतका निकाय र अन्य सरकारी निकायहरूबाट विगतमा नियमित रूपमा कर्मचारी सञ्चय कोष कट्टी जम्मा गर्ने गरेका सञ्चयकर्ताहरूका लागि यो जानकारी गराएको हो।
सूचना अनुसार सेवाबाट अवकाश भएका वा अन्य कुनै कारणले कोषमा रकम जम्मा हुन बन्द भएका कर्मचारीहरूको हकमा भुक्तानी लिइसकेपछि पनि केही रकम छुट भएको वा मुनाफा बाँकी रहेको हुनसक्ने देखिएको छ।
त्यस्ता सञ्चयकर्ताहरूले आफ्नो हिसाब मिलान गर्न बाँकी भएमा वा लिनुपर्ने रकम बाँकी भएमा कर्मचारी सञ्चय कोषको आफूलाई पायक पर्ने कार्यालयमा सम्पर्क राखी भुक्तानी लिन मन्त्रालयले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
-
दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण