देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ : भीम रावल
कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले राष्ट्रिय हित र स्वाधीनतालाई केन्द्रमा राखेर अगाडि बढ्न सबै पक्षलाई आह्वान गरेका छन् ।
साेमबार शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित जिल्लास्तरीय पार्टी एकता सन्देश सभामा उनले नेपाली जनताको अधिकारलाई बलियो बनाउने सङ्कल्पका साथ पार्टी अगाडि बढेको बताए ।
नेता रावलले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले भने, “हामी युवा शक्तिलाई मुगलान पठाएर यहाँका खेतपाखा बाँझो राख्न चाहँदैनौँ, उत्पादन बढाएर देशलाई समृद्ध बनाउन लाग्छ । यसमा हाम्रो पार्टीले सम्पूर्ण रूपमा सहयोग गर्छ ।”
नेता डा. रावलले ‘जेनजी’ आन्दोलनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र देशमा निर्वाचन सम्पन्न गर्ने दुई मुख्य एजेन्डाससहित सरकार गठन भएको चर्चा गर्दै सरकार अन्य काममा अल्मलिन नहुनेमा जोड दिए ।
सभामा पूर्वमन्त्री भानुभक्त जोशीले राष्ट्रिय स्वाभिमानको रक्षाका लागि वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेता खगराज भट्टले आफ्नो पार्टी नैतिक मूल्य–मान्यता र अग्रगामी एजेन्डा बोकेर जनताको माझमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण