बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

रवि र छविले रुपन्देही जिल्ला अदालतमा तारेख लिए

मङ्गलबार, ०८ पुस २०८२, १९ : २१
मङ्गलबार, ०८ पुस २०८२

बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार जिल्ला अदालत रुपन्देहीमा तारेख लिएका छन् ।

चितवन हुँदै रुपन्देही आएका लामिछानेले आज साँझ अबेरतिर अदालतबाट तारेख बुझेको हुन् । जिल्ला अदालत रुपन्देहीका चलिरहेको सहकारीको रकम ठगीसम्बन्धी मुद्दामा लामिछानेसँगै पूर्वडीआइजी छविलाल जोशीले पनि तारेख बुझेका जिल्ला अदालत रुपन्देहीका तहसिलदार कृष्णप्रसाद पौडेलले  रातोपाटीलाई बताए । 

उनले भने, 'उक्त मुद्दामा दुवै जनाले आज साँझ अबेरतिर तारेख बुझ्नुभएको छ ।'

उच्च अदालत तुलसीपुरको आदेशबाट धरौटीमा छाड्ने आदेश दिएपछि हालै लामिछाने र जोशी कारागारबाट छुटेका थिए, उक्त मुद्दाको तारेख माघ १८ गते तोकिएको छ । यसअघि आजै लामिछानेले चितवन अदालतमा पनि तारेख बुझेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप