सिन्धुपाल्चोक–१ बाट सापकोटाको नाम सिफारिस
बिहीबार, १० पुस २०८२, १४ : ३५
सारांश
- सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट माधव सापकोटा (सुबोध) लाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ।
- क्षेत्रीय कमिटीको बैठकले सापकोटाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको हो।
- समानुपातिक तर्फ लालकान्छा तामाङ, अम्बिका नेपा, र अन्यको नाम सिफारिस गरिएको छ।
सिन्धुपाल्चोक । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा (सुबोध)को नाम सिफारिस गरिएको छ । बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सापकोटाको नाम सिफारिस गरेको हो ।
गत २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका सापकोटालाई आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट सिफारिस गरिएको हो । बैठकले प्रतिनिधिसभा निर्वाचन समानुपातिक तर्फ लालकान्छा तामाङ, अम्बिका नेपा, अनिता तामाङ, अनिल श्रेष्ठ, कुमार घतानेको नाम सिफारिसमा परेको जिल्ला पार्टी कमिटीले जनाएको छ ।
यता राष्ट्रिय सभाका लागि राजेन्द्र सापकोटा र शिव प्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
-
विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया जारी
-
प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
-
आज ७५ औँ मदन भण्डारी जयन्ती
-
इन्द्रचोकदेखि विशाल बजारसम्मको सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण