आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

निर्वाचनको वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री बानियाँको जोड

बुधबार, १६ पुस २०८२, २२ : ०८
बुधबार, १६ पुस २०८२

मकवानपुर  । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । ५०औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको चियापान कार्यक्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी फिर्ता नआएको, तोडफोड तथा आगजनीमा संलग्न कानूनी दायरामा आउन नसकेकाले निर्वाचनमा सुरक्षा चुनौती देखिएको बताए ।

वर्तमान सरकारको म्यान्डेट चुनाव गराउने भए पनि अझै चुनावको वातावरण बन्न नसकेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचनको वातावरण बनाउन सबै पक्षले पहल गर्नुपर्ने बताए ।

संविधान संशोधन गरी जेनजीको माग सम्बोधन गर्न संसद् आवश्यक रहेको उनको भनाइ थियो । मुख्यमन्त्री बानियाँले अहिलेकै अवस्थामा निर्वाचन भएमा जेनजीले उठाएका माग सम्बोधन हुनसक्ने जिकिरसमेत गरे ।

स्वर्गीय बीपी कोइरालाले लिएको मेलमिलापको नीति वर्तमान अवस्थामा पनि सान्दर्भिक रहेको बताउँदै उनले कांग्रेसभित्रको एकतालाई मजबुत बनाउनुपर्ने बताए । नेपाली कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप