कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते
बिहीबार, १७ पुस २०८२, ११ : १७
धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । मंगलबार राति साढे ९ बजेतिर भीमदत्त नगरपालिका–१९ बागफाटास्थित शुक्रराज टोलमा पसेको हात्तीलाई धपाउने क्रममा स्थानीय ४० वर्षीय छक्कु डगौरा घाइते भएका हुन्।
गाउँमा पसेको जङ्गली हात्तीलाई भगाउन खोज्दा हात्तीले उल्टै डगौरामाथि आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको, अनुहार र छातीमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते डगौरालाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीस्थित माया मेट्रो अस्पताल रिफर गरिएको छ।
हाल डगौराको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो समय कञ्चनपुरका विभिन्न क्षेत्रमा जङ्गली हात्तीले जनधनको क्षति पुर्याउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण