विश्वकप जितको उत्सव मनाउने क्रममा फ्रान्सका ठाँउ–ठाँउमा उत्साही समर्थकबाट तोडफोड (भिडियो)
एजेन्सी– फ्रान्सले रसियामा भएको विश्वकपमा उपाधी जितेपछि फ्रान्सेली नागरिकहरु खुसी मनाउन सडकमा उर्लिए । हिजो रातभरी जसो देशका सबैजसो स्थानमा उत्सबको माहोल रह्यो । तर केही ठाँउमा भने अति उत्साहित समर्थकहरु हुलदंगामा उत्रिएपछि प्रहरी परिचालन गरिएको थियो ।
आफ्नो उत्साहलाई संयममा राख्न नसकेका फ्यानहरुले ठाँउमा–ठाँउमा यो ऐतिहासिक साँझलाई हिंसात्मक बनाए । पेरिसका अधिकांश जनता क्याम्प इलिसीमा खुसी मनाउन भेला भइरहँदा केही हुल्याया समर्थकहरुले भने पेरिसका विभिन्न स्थानमा ढुंगामुढा गर्दै, फोहोर फाल्ने भाँडोमा आगो बाल्दै हिँडेका थिए ।
हुल्याहाहरुलाई तितरवितर पार्नको लागि प्रहरीले अश्रु–ग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो । पेरिसको अतिरिक्त फ्रान्सको अर्को सहर लियोनमा पनि समर्थकहरुले तोडफोड गरे । त्यहाँ समर्थकहरुले प्रहरीहरुलाई ताकेर फोहोरका खाली क्यानहरु हानेका थिए । जवाफमा प्रहरीले भने उनीहरुमाथि अश्रु ग्याँस प्रयोग गर्यो । ठाँउ–ठाँउमा फोहोरको भाडोमा लागेको आगो नियन्त्रण गर्नको लागि अग्नि नियन्त्रकहरु आएका थिए ।
त्यस्तै अर्को शहर मार्सेल्समा पनि उत्साही फुटबल समर्थकहरुले प्रहरीमाथि आतिसवासी, आगोको मुस्लो र प्रोजेक्टाइल फ्याँकेपछि विजयको पार्टी मुठभेढमा बदलिएको थियो । यस्तै घटना रुयन, बरदुमा पनि भएको थियो ।
यी उल्लेखित घटनाबाहेक देशको बाँकी भागहरुमा भने आफ्नो देशको फुटबल टिमले विश्वकप जितेको खुसीमा ठूलो खुसीको माहोल देखिएको थियो । फ्रान्सेली नागरिकहरु आफ्नो देशको दोश्रो विश्वकप विजयको खुसी मनाउन आफ्नो देशको झण्डा बोकेर हुल का हुल सडकमा निस्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति