सुर्खेतमा ध्वनि प्रदूषण नियन्त्रण अभियान : चर्को आवाज निकाल्ने ३१ मोटरसाइकल नियन्त्रणमा
सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ध्वनि प्रदूषण फैलाउने तथा स्वरूप परिवर्तन (मोडिफाई) गरिएका मोटरसाइकल नियन्त्रणमा लिने विशेष अभियान चलाएको छ ।
सोही अनुसार, एक महिनाको अवधिमा ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
‘पछिल्लो समय साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज निकाल्ने, पड्काउँदै हिँड्ने र अत्यधिक ध्वनि प्रदूषण गर्ने सवारी साधन बढेको भन्दै नागरिकबाट ठुलो सङ्ख्यामा जनगुनासो आएपछि ट्राफिक प्रहरीले यो कदम चालेको हो,’ जिल्ला ट्राफिक प्रमुख रोहित कुमार शाहीले भने ।
गुनासोलाई सम्बोधन छुट्टै चेकिङ टोली परिचालन गरिएको थियो । करिब एक महिनाको अवधिमा गरिएको विशेष चेकजाँचका क्रममा ३१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको उनले बताए ।
विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरमा यो समस्या बढेको छ । नियन्त्रणमा लिइएका सबै मोटरसाइकललाई आवश्यक थप कारबाही प्रक्रियाको लागि यातायात व्यवस्थापन कार्यालय सुर्खेत पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सवारी साधनलाई स्वरूप परिवर्तन (मोडिफाई) गरी ध्वनि प्रदूषण नफैलाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
-
न्यायबारे सचेतना फैलाउन ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण