नेकपाद्वारा उदयपुरका दुई क्षेत्रबाट १८ जना उम्मेदवार सिफारिस
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर जिल्लाको दुईवटा निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १८ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यदलको बैठकले दुवै निर्वाचन क्षेत्रका लागि तीन नेताहरुको नाम सिफारिस गरेको हो । जगन्नाथ खतिवडा, बलदेव चौधरी र सुरेश कुमार राईको नाम दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएको देखिएको छ।
निर्वाचन क्षेत्र नम्बर १ का लागि प्रत्यक्षतर्फ अर्जुन तिम्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का र बलदेव चौधरीको नाम सिफारिस गरिएको छ। सोही क्षेत्रबाट विशाल राई, मणि खम्बु किराती, मन कुमार राई, रमण भट्टराई र सुरेश कुमार राईको नाम पनि सिफारिस सूचीमा समावेश गरिएको छ। यी नामहरूलाई वर्णानुक्रम अनुसार व्यवस्थापन गरी प्रदेश कमिटीमा पठाइएको हो।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का लागि एविराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेष कुमारी राउत, मेजर कुमार राई, लक्ष्मण पौड्याल, सुरेश कुमार राई र हेमराज दाहालको नाम सिफारिस गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा, ३० तस्बिरमा हेर्नुहाेस्
-
मदन भण्डारी ‘राष्ट्रिय’ पुरस्कारबाट रमेश रुछेन राई पुरस्कृत
-
पहिचान खुल्ने डरले एचआइभी सङ्क्रमित टाढाको अस्पताल पुगेर सेवा लिन्छन्
-
यात्रुवाहक बसबाट खैरो हेरोइनसहित दुई जना भारतीय पक्राउ
-
समृद्धिको आधार राष्ट्रिय परिचयपत्र र त्यसभित्रका तथ्याङ्क
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण