आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेकपाका केन्द्रीय सदस्यहरूको शपथग्रहण आज

मङ्गलबार, २९ पुस २०८२, ०८ : २६
मङ्गलबार, २९ पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ । 

एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् ।  कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ ।

नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप