नेताहरू हिँडेपछि संसदको अग्रपंक्तिमा बुर्लाकोटी एक्लै
काठमाडौँ । प्रतिनिधिसभा बैठक जारी रहँदा संसदको अग्रपंक्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी मात्रै देखिएका छन्।
संसदमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष, अन्य प्रतिपक्षी दल तथा सरकारका मन्त्रीका लागि अग्रपंक्तिमा २० वटा सिटको व्यवस्था गरिएको छ। सत्तापक्षका आठ, प्रतिपक्षका आठ र सरकारका तर्फबाट चार सिट छुट्याइएको भए पनि बैठक अघि बढ्दै जाँदा सबै हिँडेपछि सिट खाली भएका हुन्।
केहीबेरअघि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुन अग्रपंक्तिमा उपस्थित थिए। उक्त छलफल सकिएपछि उनी पनि बाहिरिएसँगै अग्रपंक्तिमा बुर्लाकोटी मात्रै बसेका देखिएका हुन्।
प्रतिनिधिसभामा अहिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पेस गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस्ु भन्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
बैठक लम्बिँदै जाँदा नेताहरू क्रमशः उठेर बाहिरिने र संसद् बैठकप्रति अपेक्षित गम्भीरता नदेखाउने प्रवृत्ति पटक पटक देखिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
-
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसै वर्ष स्वदेश फर्कन्छु’
-
सहकारी समस्या समाधान: मापदण्डले ल्याएको उत्साह व्याख्याले सेलायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण