‘चि मुसी चि’ को अर्को नयाँ गीत सार्वजनिक, सुनिल र अलिशाको दमदार नृत्य
काठमाडौं – ११ साउनबाट प्रदर्शनमा आउने चलचित्र ‘चि मुसी चि’ले प्रदर्शन मिति नजिकिँदै गर्दा फेरि नयाँ गीत सार्वजनिक गरेको छ । ‘आउँ आज मायाको’ बोल रहेको सार्वजनिक गीतमा अलमोडा उप्रेतीको स्वर रहेको छ, भने सुरज अधिकारीको शब्द संगित समेटिएको छ ।
गीतमा नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माको आकर्षक नृत्य गरेका छन् । गीतको कोरियोग्राफी सुनिल आफैंले गरेका हुन् । सुनिल र अलिशा यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । यी दुबै नृत्य क्षेत्रको चर्चा पछि अभिनयमा भित्रिएका हुन् । अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्, भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता रहेका छन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । चलचित्र दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण