एमालेमा यी क्षेत्रमा अझै उम्मेदवार टुङ्गिएन, निर्णयको जिम्मा अध्यक्ष ओलीलाई
सारांश
- नेकपा एमालेले आगामी निर्वाचनका लागि केही निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउन बाँकी राखेको छ।
- सचिवालय बैठकले बाँकी क्षेत्रमा उम्मेदवार छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
- काठमाडौं, ललितपुर, काभ्रेपलान्चोक र मधेश प्रदेशका केही क्षेत्रमा उम्मेदवार टुंगो लाग्न बाँकी छ।
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशैभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको टुंगो लगाए पनि केही महत्त्वपूर्ण क्षेत्रहरूमा भने अझै नाम सार्वजनिक गरेको छैन ।
पार्टी सचिवालयको शनिबार बसेको बैठकपछि उपमहासचिव लेखराज भट्टले कुल १६५ निर्वाचन क्षेत्रमध्ये धेरैजसोमा सहमति जुटेको भए पनि केही क्षेत्रमा रणनीतिक कारणले उम्मेदवार घोषणा गर्न बाँकी राखिएको बताए ।
उपमहासचिव भट्टका अनुसार यी बाँकी रहेका क्षेत्रहरूमा अन्तिम निर्णय गर्ने सम्पूर्ण अधिकार सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ।
कहाँ–कहाँ टुंगिन बाँकी छ ?
राजधानी काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा उम्मेदवार तय भए पनि ४ वटा क्षेत्रमा अझै अन्योल कायम छ। काठमाडौँका क्षेत्र नं. ४, ५, ७ र ९ मा एमालेले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन। त्यसैगरी, ललितपुरको क्षेत्र नं. ३ मा पनि उम्मेदवारको टुंगो लाग्न बाँकी छ भने काभ्रेपलान्चोकको क्षेत्र नं. २ मा पनि नाम घोषणा गरिएको छैन।
मधेस प्रदेशका केही रणनीतिक क्षेत्रहरूमा पनि एमालेले उम्मेदवार तय गर्न बाँकी राखेको छ। महोत्तरीको क्षेत्र नं। ३, सर्लाहीका क्षेत्र नं. १ र २ तथा पर्साका क्षेत्र नं. १ र २ मा उम्मेदवारको नाम अझै टुंगिएको छैन। यी क्षेत्रहरूमा अन्य दलसँगको चुनावी तालमेल वा प्रभावशाली व्यक्तित्वहरूको प्रवेशलाई हेरेर निर्णय लिइने बताइएको छ।
लुम्बिनी प्रदेशका प्रभावशाली जिल्लाहरूमा पनि केही सिट बाँकी छन् । रुपन्देहीका क्षेत्र नं. १ र २ मा उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन। त्यस्तै, कपिलवस्तुको क्षेत्र नं. २, दाङका क्षेत्र नं. १ र २ तथा बाँकेको क्षेत्र नं. २ मा पनि उम्मेदवार टुंगिन बाँकी छ। कर्णाली प्रदेशको रुकुम पूर्वमा पनि एमालेले उम्मेदवारको नाम घोषणा गरेको छैन।
कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा, झापाको क्षेत्र नं. ३ र सुनसरीको क्षेत्र नं. २ मा पनि उम्मेदवार छनोटको प्रक्रिया अझै बाँकी रहेको उपमहासचिव भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री वाग्लेको स्पष्टीकरण: ‘चियाको कपमा तुफान ल्याउन खोजियो’
-
सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध
-
पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु
-
५ एजेन्डासहित कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान
-
‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’
-
जेठमा ६ फिल्म, असारमा भने खडेरी !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण