सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेकपाले मेटमणिलाई टिकट दिएपछि पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी असन्तुष्ट

आइतबार, ०४ माघ २०८२, १५ : १८
आइतबार, ०४ माघ २०८२

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । नेकपाले मेटमणि चौधरीलाई टिकट दिएपछि केसीको असन्तुष्टि बाहिर आएको हो ।

केसीले पार्टीभित्र आफ्ना पक्षमा अझै सम्भावना रहेको दाबी गर्दै अहिले पनि छलफल जारी रहेको बताएका छन् । उनले भने, “मलाई स्वतन्त्र रूपमा उम्मेदवार बन्नका लागि साथीहरूबाट दबाब आएको छ । तर पार्टीले अझैसम्म मेरो पक्षमा निर्णय गर्न सक्ने सम्भावना बाँकी नै छ । छलफल चलिरहेको छ ।”

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका केसी यसअघि २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका थिएनन् । त्यतिबेला टिकट नपाएको उल्लेख गर्दै उनले यसपटक पनि सिफारिस भएको स्थानबाट टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप