तैनाथीका लागि मिनियापोलिसमा १५०० सेना तयार
वासिङ्टन डीसी । मिनेसोटा राज्यको राजधानी मिनियापोलिसमा बढ्दो विरोध प्रदर्शनका कारण अमेरिकी रक्षा मन्त्रालयले १ हजार ५०० सक्रिय सेनालाई सम्भावित तैनाथका लागि तयारी अवस्थामा राखेको छ ।
प्रहरी र संघीय अधिकारीहरूलाई सम्भावित तनाव नियन्त्रणका लागि सक्रिय राख्ने निर्णय अझैसम्म अन्तिम रूपले लागु गरिएको छैन । यो महिनाको सुरुमा अध्यागमन तथा भन्सार विभागका एक एजेन्टले सहरमा ३७ वर्षीया महिलाको गोली हानेर हत्या गरेयता मिनेसोटामा अध्यागमन विरोधी जुलुस र प्रदर्शन बढिरहेको छ ।
आवश्यक परे हाल अलस्कामा रहेका सेनालाई मिनेसोटातिर पठाउने निर्णय राष्ट्रपतिस्तरबाट हुने बताइएको छ । यसबारे अहिलेसम्म कुनै निर्णय भइनसकेको आफ्नो अमेरिकी साझेदार सीबीएसले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । यी सेनाहरू फट वेनराइटस्थित ११ औं एयरब्रोन डिभिजनको हिस्सा हो ।
अमेरिकी संघीय न्यायाधीशले रेने गुडको हत्यापछि सहरमा जारी विरोध प्रदर्शनमा भिड नियन्त्रणका अभ्यास सीमित बनाउन आदेश जारी गरेकै समयमा यो खबर आएको हो । गुडको हत्याले अमेरिकामा व्यापक आपत्ति र आक्रोश सिर्जना गरेको छ, यसले देशभर विरोध र ‘आईसीईलाई भगाउ’लगायत नाराबाजी बढेको छ ।
यो घटनाले अमेरिकामा व्यापक राजनीतिक विवाद निम्त्याएको छ । विश्लेषकहरू यसलाई देशभरिका आप्रवासन नीतिको दम्भ र संघीय–स्थानीय शक्ति सन्तुलनको एक प्रमुख मुद्दा मानिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण