आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पर्सा–२ मा आजपाले दियो साहलाई टिकट

सोमबार, ०५ माघ २०८२, ११ : १०
सोमबार, ०५ माघ २०८२

पर्सा । आम जनता पार्टी (आजपा)ले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि रञ्जु साहलाई उम्मेदवार बनाएको छ। नेतृ साहले पर्सा–२ लाई विकासको मोडेल बनाउने लक्ष्यसहित आफू मैदानमा होमिएको बताइन् ।

नेतृ साहले जेनजी पुस्ताको सपना साकार पार्न र जेनजी आन्दोलनलाई सार्थक बनाउने उद्देश्य पनि आफ्नो उम्मेदवारीको प्रमुख कारण रहेको बताइन्। 

नेताहरूको गलत कार्यका कारण युवाहरू रोजगारीका लागि विदेशिनु परेको र धेरैले ज्यानसमेत गुमाइरहेको अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्नु आजपाको प्राथमिकता रहेको उनले बताइन्। बैंकिङ क्षेत्रमा व्यापक ठगी र वित्तीय शोषण भइरहेको आरोप लगाउँदै दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन पार्टी दृढ रहेको उनको भनाइ छ।

उनले कर आतंक, भन्सारको नाममा भइरहेको लुट र भ्रष्टाचारले अर्थतन्त्र बर्बाद भइरहेको भन्दै त्यसविरुद्ध संघर्ष गर्ने दाबी गरिन्। गरिबका छोराछोरी विदेशमा जोखिमपूर्ण जीवन बिताउन बाध्य हुँदा नेताका सन्तान विलासितामा रमाइरहेको अवस्थाको अन्त्य गर्न आजपा अघि बढेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप