बारामा नेकपाका उम्मेदवारः २६ वर्षीय युवादेखि अन्तर्राष्ट्रिय खेलाडी
बारा । नेपाली कम्युनिस्ट पार्टीले बाराका ४ वटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार टुंगो लगाएको छ ।
बाराको क्षेत्र नं १ मा सन्तोष दंगाल, २ का रमेश प्रसाद यादव, ३ मा भरत साह र क्षेत्र नं ४ का लागि 'जेनजी' अजय कुशवाहालाई पार्टीले उम्मेदवार बनाएको छ । आजै उम्मेदवारहरूको टुंगो लगाइएको हो । रमेश यादव २०७४ सालको राष्ट्रिय सभा सदस्य हुन् भने दंगाल, साह र कुशवाह नयाँ अनुहार हुन् ।
क्षेत्र नं १ का दंगाल तत्कालीन माओवादी केन्द्र निजगढ नगरपालिका कमिटी अध्यक्ष हुन् । उनी उमेरले ४० वर्ष ननाघेका युवा हुन् । बारा ४ का उम्मेदवार कुशवाहा भने अन्तर्राष्ट्रिय बास्केटबल खेलाडी हुन् । उनले सन् २०१७ पछि निरन्तर इन्डोनेसिया,माल्दिस, श्रींलका, भारत र बंगलादेशमा नेपालको तर्फबाट खेलेका थिए ।
उमेरले २६ वर्षका कुशवाहालाई पार्टीले जेनजी युवाका रूपमा उम्मेदवार बनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण