आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीका चारै निर्वाचन क्षेत्रमा नेकपाले टुङ्ग्यायो उम्मेदवार, १ मा साहले पाए टिकट

सोमबार, ०५ माघ २०८२, १८ : २६
सोमबार, ०५ माघ २०८२

लालबन्दी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेकपालाई खासगरी सर्लाही क्षेत्र नम्बर १ मा उम्मेदवार चयनमा सकस परेको थियो । लामो छलफल र समन्वयपछि नेकपा केन्द्रीय कमिटीले आज दिउँसो पूर्वसांसद प्रमोदकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

साह २०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सांसदमा निर्वाचित भएका थिए । २०७९ सालको निर्वाचनमा भने उनी जसपा नेपालबाट उम्मेदवार बने पनि पराजित भएका थिए, त्यसबेला उनलाई नेकपा एमालेले साथ दिएको थियो । 

 

साह केही समयअघि जसपा नेपाल परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए । सर्लाही–१ मा सुरेश काफ्ले, भरतकुमार थापा र लुमडीप्रसाद धिमाल (लोचन) लगायतले पनि दाबी गरे पनि अन्तिममा साहलाई नै टिकट दिइएको हो ।

 

यस्तै नेकपाले क्षेत्र नम्बर २ बाट महिन्द्र राय यादवलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर ३ बाट नारायणकाजी श्रेष्ठ र क्षेत्र नम्बर ४ बाट प्रदेशसभा सदस्यमा पूर्वप्रत्यासी एवं माओवादी केन्द्रकी नेतृ अनिता देवीका छोरा डा. रजनिस रायलाई टिकट प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप