पूर्णबहादुर खड्काले भने– उम्मेदवार छनोट प्रक्रियामा सहभागी छैन, भ्रम नफैलाइयोस्
सोमबार, ०५ माघ २०८२, २० : २३
सारांश
- पूर्व कार्यभार सभापति पूर्णबहादुर खड्काले उम्मेदवार छनोट प्रक्रियामा सहभागी नभएको बताए ।
- उनले सामाजिक सञ्जालमा आफू उक्त प्रक्रियामा सहभागी नभएको स्पष्ट पारेका छन् ।
- खड्काले भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै आफूलाई कुनै जानकारी नभएको बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका तर्फबाट उम्मेदवार छनोट प्रक्रियामा आफू सहभागी नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा साेमबार खड्काले उम्मेदवार छनोट प्रक्रियामा आफू सहभागी नभएकोले भ्रम फैलाउने काम नगर्न आग्रह गरेका छन् ।
'नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रक्रियामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारी समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहन्छु! कसैमा भ्रम नरहोस्’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण