आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिस्पर्धीलाई प्रस्तावक राखेर गोरखा–२ मा रास्वपाका बुर्लाकोटीको उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १३ : ५६
मङ्गलबार, ०६ माघ २०८२

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् । 

बुर्लाकोटीले मंगलबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र पेस गरेका हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा हरिशरण आचार्य र समर्थकमा सुकबहादुर तामाङ रहेका छन् । रास्वपामै कविन्द्र र हरिशरणले यस ठाउँमा टिकन लिन प्रतिस्पर्धा गरेका थिए । 

पार्टीको जिम्मेवारी बहन गर्दै चुनावी मैदानमा ओर्लिएका बुर्लाकोटीका लागि यो क्षेत्र नौलो भने होइन । उनी यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए, यद्यपि उक्त निर्वाचनमा उनी पराजित भएका थिए । 

अघिल्लो हारको अनुभव र पार्टी संगठनको विस्तारसँगै बुर्लाकोटी यसपटक थप सशक्त रूपमा चुनावी मैदानमा उत्रिएका छन् । रास्वपाले गोरखा–२ लाई प्रतिष्ठाको विषय बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप