कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण
चितवन । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो ।
मकवानपुरको भिमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा उनीहरूलाई स्थानान्तरण गरिएको हो ।
कारागारमा रहेका कैदीलाई चापअनुसार स्थानान्तरण गरिँदै आइएको कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिए। उहाँका अनुसार साउनयता उनीहरूलाई स्थानान्तरण गरिएको हो ।
अहिले कारागारमा ३९ जना महिलासहित ६३२ जना कैदीबन्दी छन् । उनीहरूसँग आश्रित दुई जना बालबालिका पनि रहेका सूचना अधिकारी ढुङ्गानाले बताए ।
उनका अनुसार कारागारको क्षमता ५०५ जनाको हो । “महिला ३० र ४७५ जना पुरुषको क्षमता रहेको छ । यस कारागारमा विभिन्न जिल्लाबाट उपचारका लागि आउने कैदीबन्दी र चितवन, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा कारागार नहुँदा त्यहाँका कैदीबन्दी पनि ल्याउने गरिन्छ”, उनले भने ।
यहाँबाट गत भदौ २५ गते ७३९ जना कैदीबन्दी भागेका थिए । जसमध्ये अहिलेसम्म ११४ जना कैदीबन्दी फर्कन बाँकी रहेका छन् । जसमध्ये ११ जना भारतीय नागरिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा सर्पदंशका घटना बढ्दै
-
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
-
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण