बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

बिहीबार, ०८ माघ २०८२, १६ : ४९
बिहीबार, ०८ माघ २०८२

जनकपुरधाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव दिनेश कुमार घिमिरेले प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णसमक्ष आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयमा आज आयोजित कार्यक्रममा सचिव घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा आयोगले सम्पादन गरेका कार्य, उपलब्धि तथा सिफारिस समेटिएको प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहबिच प्राकृतिक स्रोतको बाँडफाँड, वित्तीय समन्वय, राजस्व वितरण तथा विकास आयोजनामा स्रोत परिचालनसम्बन्धी विषय समेटिएको छ ।

प्रदेश प्रमुख कार्यालयका अनुसार प्रतिवेदनले आगामी दिनमा प्रदेश तथा स्थानीय तहको वित्तीय व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका अधिकारीहरू तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप