बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना

शुक्रबार, ०९ माघ २०८२, ०५ : २०
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १८ वटा फर्मको निरीक्षण गर्‍यो।
  • न्यू शिव स्टोरलाई दुई लाख एक हजार जरिवाना गरियो।
  • हिमालउन ब्रुअरीलाई कागजातसहित उपस्थित हुन निर्देशन दिइयो।

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।

अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ २९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ ।

यसैगरी हिमालउन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले प्रस्ट पारेको छ ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रस्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप