कांग्रेस सभापति गगन थापाले आज पदवहाली गर्दै
शुक्रबार, ०९ माघ २०८२, ११ : ३०
सारांश
- नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदभार ग्रहण गर्दैछन्।
- पार्टीको पहिलो बैठकमा आगामी निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
- बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र प्रदेश सभापतिहरूलाई बोलाइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दैछन् । काठमाडौँमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले आजैबाट औपचारिक रूपमा पार्टीको कमान्ड सम्हाल्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
-
देशभर एक लाख ३७ हजार हेक्टर जमिनमा रोपाइँ
-
देश बदल्न आएको रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौ
-
विद्यालय स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा
-
लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन
-
रास्वपाको महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण