शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘गगन थापाले २०७९ मै काठमाडौँ–४ छोड्न चाहनुभएको थियो’

शुक्रबार, ०९ माघ २०८२, १३ : ४४
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • अर्जुननरसिंह केसीले गगन थापाले गत निर्वाचनमै क्षेत्र परिवर्तनको प्रस्ताव गरेको बताए।
  • थापाले काठमाडौं-४ मा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने र आफू सर्लाही जाने प्रस्ताव गरेका थिए।
  • केसीका अनुसार थापाले एउटा क्षेत्रमा एक नेता ३ पटकभन्दा बढी लड्न नहुने धारणा राख्छन्।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत चयन भएका सभापति गगन थापाले गत निर्वाचनमा नै आफ्नो निर्वाचन क्षेत्र फेर्ने प्रस्ताव ल्याएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जाने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै केसीले २०७९ सालको निर्वाचनमा नै थापाले आफ्नो क्षेत्र काठमाडौँ–४ तत्कालिन कांग्रेस नेता डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने र आफू सर्लाही जाने प्रस्ताव गरेको बताए । त्यो बेलामा सफल नभएको अहिले सफल भएको केसीको भनाई छ ।

‘२०७९ मा नै उहाँले काठमाडौँ ४ मा डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने र आफू सर्लाही जाने प्रस्ताव गर्नुभएको थियो । त्यो बेला भएन अहिले आफै निर्णय गरेर जानुभयो,’ केसीले भने । 

केसीले सभापति थापाको एउटा क्षेत्रमा एउटा नेता ३ पटक भन्दा बढी लड्न नहुने सैद्धान्तिक धारणा राखेको बताए । ‘नेताले एउटा क्षेत्रमा ३ पटकभन्दा बढी लड्न हुन्न भन्ने उहाँको सैद्धान्तिक धारणा हो । त्यो आफैबाट कार्यान्वयन गर्न सुरु भयो,’ केसीले भने । निर्वाचनमा स्पष्ट विचार र स्पष्ट दृष्टिकोण लिएर गएमा विजय प्राप्त हुने केसीले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप