कर्णाली प्रदेश सभा : बन्न सकेन कामचलाउ भवन, कृषि प्रशिक्षणको भवनमा बैठक बस्ने
सुर्खेत । कर्णाली प्रदेश सभा बैठक सञ्चालनका लागि काम चलाउन भवन निर्माणको थालनी गरे पनि समयमा बन्न नसक्दा प्रदेश सरकारकै एक भवनमा बैठक बसाल्ने तयारी भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार, वीरेन्द्रनगरको गणेशचोकमा रहेको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रको सभा हलमा बैठक बस्ने तयारी गरिएको छ । यो भवन प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको हो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते दिनको १ बजे कर्णाली प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।
प्रदेश सभा परिसरभित्रकै कामचलाउनका लागि बनाउन थालिएको भवन समयमा बन्न नसक्ने भए पछि उक्त प्रशिक्षण केद्रको हलमा सभा बसाल्ने तयारी भएको प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले रातोपाटीलाई बताए ।
गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कर्णाली प्रदेश सभा भवन पूर्ण रूपमा ध्वस्त भएको छ । तत्काल पुनर्निर्माण सम्भव दुई महिनाअघि देखिनै प्रदेश सभा सचिवालय परिसरभित्रै अस्थायी सभा हल निर्माणका लागि काम सुरु भएको थियो ।
प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले निर्माण गरिरहेको छ । ‘तत्काललाई निर्माण सम्भव नहुने जस्तो भयो,’पौडेलले भने,‘केही बैठक त्यहाँ बस्यो भने पछि त यता बनिसक्ला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण