काठमाडौंमा बाक्लो हुस्सु, जाडोले जनजीवन प्रभावित
काठमाडौँ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै हुस्सु र चिसो बढेको हो ।
यसले गर्दा दृश्यता कम भएर सवारी साधन चलाउन कठिनाइ भएको छ भने बटुवाहरूले पनि जाडोको मार खेपिरहेका छन् । दिउँसो घाम लागे पनि हुस्सु पूरै नहट्ने सम्भावना छ, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ ।
उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुनसक्ने बताइएको छ । तराईका जिल्लाहरूमा त झन् बाक्लो हुस्सु र कुहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ ।
तराईमा दृश्यता निकै कम भएकाले सडक दुर्घटनाको जोखिम बढेको छ भने स्कूलहरूमा बिदा दिने क्रम जारी छ । मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नभएकाले चिसो अझ बढ्नसक्ने अनुमान छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । नागरिकहरूलाई जाडोबाट बच्न न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन र सवारी चलाउँदा विशेष ख्याल गर्न विभागले आग्रह गरेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूलाई चिसोबाट बच्न शतर्कता अपनाउन सुझाव दिइएको छ । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटमुक्त हुँदै नेयमार : ब्राजिलका तारणहार बन्लान् वा पुरानै लयमा हराउलान् ?
-
पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
-
अमेरिकामा अपराध गर्ने ग्रिन कार्डधारीलाई अब सहजै देश निकाला
-
२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
-
विष्णु पक्राउ प्रकरण : एमाले ‘पुनर्गठन’ अभियान नरोकिने
-
मधेसमा सर्पदंशका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण