बालेनकी श्रीमती सविनाको नेतृत्वमा झापा–५ मा घरदैलो अभियान
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापामा घरदैलो कार्यक्रम गर्यो, जसमा बालेनकी श्रीमती सहभागी थिइन्।
- घरदैलो कार्यक्रममा मतदाताहरूसँग भेटघाट गर्दै उनीहरूका समस्या र सुझावहरू सुनियो।
- रास्वपाले आज दिउँसो झापा-५ मा अर्को मतदाता भेटघाट कार्यक्रम गर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमक–९ मा सोमबार बिहान घरदैलो कार्यक्रम सम्पन्न भएको छ । बालेनकी श्रीमती सविना काफ्ले सहभागी घरदैलोमा उल्लेख्य जनसहभागिता देखिएको छ।
माघ १२ गते बिहान ८ बजेदेखि सुरु भएको उक्त कार्यक्रम ११ बजेसम्म सञ्चालन गरिएको थियो। दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो ।
_o3PwIAJgQW.png)
कार्यक्रमका क्रममा रास्वपाका नेताहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा तथा सुझावहरू सुनेका थिए । जनताबाट प्राप्त सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले अभियानप्रति थप उत्साह मिलेको पार्टीले जनाएको छ।
उक्त घरदैलो कार्यक्रम रास्वपाका नेताहरू तथा चुनाव प्रचार–प्रसार सचिवालयको नेतृत्वमा सम्पन्न भएको हो । यसैबिच, रास्वपाले आज दिउँसो पनि झापा–५ मा अर्को मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम तय गरेको छ। दिउँसोको कार्यक्रम सोमबार दिउँसो ३ बजेदेखि कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुगी चोकबाट सुरु हुनेछ।
_uF39yOWJSk.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण