शरणार्थी सम्झौता रद्द भएपछि रुवान्डाले हाल्यो बेलायतविरुद्ध मुद्दा
सारांश
- रुवान्डाले बेलायतविरुद्ध शरणार्थी स्थानान्तरण सम्झौता रद्द गरेपछि क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ।
- रुवान्डाले ५ करोड पाउन्ड क्षतिपूर्ति माग गर्दै हेगस्थित अदालतमा मुद्दा दायर गरेको छ, किनभने सम्झौता रद्द भएपनि बाँकी रकम तिरेको छैन।
- बेलायतले सन् २०२२ मा शरणार्थी पठाउने योजना बनाएको थियो, तर कार्यान्वयन हुन सकेन र पछि रद्द गरियो, जसले नयाँ विवाद निम्त्यायो।
किगाली । शरणार्थीलाई स्थानान्तरण गर्ने विवादास्पद सम्झौता रद्द गरेपछि त्यसबापतको रकम नतिरेको भन्दै रुवान्डाले बेलायतविरुद्ध कानुनी कारबाही सुरु गरेको छ ।
रुवान्डाका अधिकारी र बेलायती सञ्चारमाध्यमका अनुसार किगालीले मंगलबार हेगस्थित स्थायी मध्यस्थता अदालतमा मुद्दा दायर गरेको हो । सम्झौता औपचारिक रूपमा अन्त्य नगरिएको र बाँकी रकम नदिइएको भन्दै रुवान्डाले ५ करोड पाउन्ड क्षतिपूर्ति मागेको छ ।
द टेलिग्राफ पत्रिकाका अनुसार बेलायतले करिब दुई वर्षअघि नै सम्झौता व्यवहारमा लागू नगरे पनि कानुनी रूपमा अन्त्य नगरेको र अन्तिम भुक्तानी रोकेको आरोप छ ।
‘बेलायतको अडानका कारण हामी मध्यस्थतामा जान बाध्य भयौँ । कानुनी प्रक्रियामा जानुअघि कूटनीतिक संवादको प्रयास गरिएको थियो,’ रुवान्डाका न्याय मन्त्रीका प्रमुख प्राविधिक सल्लाहकार माइकल बुटेराले एएफपीलाई भने । साना डुंगामार्फत गैरकानुनी रूपमा आएका शरणार्थीलाई रुवान्डा पठाउने योजना २०२२ मा तत्कालीन बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले अघि बढाएको थियो । यसलाई आप्रवासन रोक्ने उपायका रूपमा प्रस्तुत गरिएको थियो । तर व्यवहारमा केवल चार स्वयंसेवक मात्र रुवान्डा पुगेका थिए ।
प्रधानमन्त्री केयर स्टार्मरले २०२४ को जुलाईमा पदभार सम्हाल्ने बित्तिकै पूर्ण रूपमा समाप्त भएको घोषणा गर्दै यो सम्झौतालाई रद्द गरेका थिए । सम्झौता रद्द हुनु अघि बेलायतले रुवान्डालाई २४ करोड पाउन्ड भुक्तानी गरिसकेको थियो भने अप्रिलमा थप ५ करोड पाउन्ड तिर्नुपर्ने थियो । यो मुद्दाले बेलायत–रुवान्डा सम्बन्ध र आप्रवासन नीतिमा नयाँ विवाद सिर्जना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण