प्रदेश र स्थानीय निर्वाचन अघि नै कांग्रेसको नियमित महाधिवेशन भइसक्छ : सभापति थापा
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र स्थानीय निर्वाचन भन्दा पहिला नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताएका छन् । शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर उनले गरे । देशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने भन्दै थापाले पार्टीमा कुनै गुट नरहेकोले विगतको जस्तो ६०–४० को भागबण्डा अब सकिएको बताए।
कांग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गरे । सबैलाई समान व्यवहार गर्ने गरी पार्टी चल्ने बताए । सभापति थापाले कांग्रेस अब परिवर्तनतर्फ अघि बढिरहेको बताउँदै बदलिएको कांग्रेसले नेपाल बदल्ने संकल्प गरेकाे उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाशको बजेट ५५ करोड ८४ लाख बजेट, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता
-
पासपोर्ट छपाई अनियमितता प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा
-
सुके धनगढीका चापाकल, उपमहानगरमा पानी बाँड्दै ट्यांकर
-
रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयार
-
विराटनगरबाट हराएको पेट्रोल ट्याङ्कर सुनसरीमा भेटियो
-
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण