आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कञ्चनपुरमा अर्धनग्न अवस्थामा युवतीको शव फेला

आइतबार, १८ माघ २०८२, १२ : ५०
आइतबार, १८ माघ २०८२

धनगढी । कञ्चनपुरमा खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका–१० को तिल्केनीस्थित शान्ति सामुदायिक वनभित्रको बंग्यादोल खोलामा पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बेवारिसे अवस्था भेटिएको शव घटनास्थलबाट उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको बताए ।

उनकाअनुसार शव सड्न लागेको अवस्थामा भएका कारण पहिचान गर्न असहज भएको छ ।  शवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप