शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

निर्वाचनका लागि कांग्रेसले नेताहरूलाई दियो जिल्ला तोकेर जिम्मेवारी (सूचीसहित)

मङ्गलबार, २० माघ २०८२, १६ : २०
मङ्गलबार, २० माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिएको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समितिले सातै प्रदेशमा जिल्ला तोकेर नेताहरूलाई जिम्मेवारी दिएको हो । 

जिम्मेवारी पाउनेमा ६ दर्जन बढी नेताहरू छन् । नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय पत्ता लगाउन खटाइएको समितिले जनाएको छ । नेताहरूले स्थलगत रूपमा पुगेर गरेको ब्रिफिङपछि प्रचार–प्रसारका क्रममा त्यस अनुसारको रणनीति बनाउने तयारी कांग्रेसको छ । 

सहमहामन्त्री डा. डिला संग्रौला पन्तले निर्वाचन परिचालन समितिले सातै प्रदेशमा नेताहरूलाई पार्टीको जनमत बुझ्न पठाएको र आफू त्यसक्रममा कोशी प्रदेशमा खटिएको जानकारी दिइन् । 

खटाइएका नेताहरूको सूची-ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप