विश्वप्रकाश शर्माले दिए देउवा र कोइराला पक्षका नेतालाई जिम्मेवारी
सारांश
- उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते हुने निर्वाचनका लागि नेताहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिएका छन्।
- विशेष महाधिवेशनमा सहभागी नहुने नेताहरूलाई पनि शर्माले जिम्मेवारी दिएका छन्।
- देउवा र कोइराला समूहका असन्तुष्ट नेताहरूलाई पनि शर्माले जिल्लाको जिम्मेवारी दिएका हुन्।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको निर्वाचन परिचालन समितिको संयोजकका हैसियतमा उपसभापति विश्वप्रकाश शर्माले नेताहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिएका छन् ।
जिम्मेवारी पाउनेमा गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनमा सहभागी नहुने पनि परेका छन् ।
तत्कालीन महामन्त्रीद्वय गगन थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई १४ औँ महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहले स्वीकारेको छैन ।
उनीहरूले आधिकारिकताका लागि सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधीन छ । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि सभापति थापाले देउवा र डा. कोइराला समूहका केही नेतालाई उम्मेदवारको टिकट दिएका थिए ।
त्यसबाट पनि सन्तुष्ट नभएका दुई समूहका केही नेतालाई उपसभापति शर्माले केन्द्रीय निर्वाचन परिचालन समितिको तर्फबाट जिल्ला तोकेर जिम्मेवारी दिएका हुन् ।
शर्माले समेटेकामा देउवा नेतृत्वको कार्यसमितिमा रहेका र विशेष महाधिवेशनमा सहभागी नभएका पदाधिकारी र केन्द्रीय सदस्यहरू छन् ।
देउवा नेतृत्वको समितिका सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, उमेशजंग रायमाझी, जीपछिरिङ लामा, उर्मिला थपलिया, दिलमान पाख्रिन, धना खतिवडा, गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे, चन्द्रबहादुर केसी, रुपा बिक, रंगमती शाही, मानबहादुर नेपाली, कान्तिक सेजुवाल, विद्यादेवी तिमिल्सिना, डा. रणबहादुर रावल, नृप वडसहितका नेताहरूलाई शर्माले जिम्मेवारी दिएका हुन् ।
आङदेम्बे, विश्वकर्मा र रायमाझीलाई कोशी, थपलिया, लामा, नेपाली, पाख्रिन र खतिवडालाई बागमती, गिरी, घिमिरे, केसी र बिकलाई लुम्बिनी, शाही, नेपाली र सेजुवाललाई कर्णाली तथा तिमिल्सिना,रावल र वडलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको हो ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण