बलुचिस्तान आक्रमणप्रति राष्ट्रसंघ सुरक्षा परिषद्को कडा निन्दा
काठमाडाैँ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले पाकिस्तानको बलुचिस्तान प्रान्तका विभिन्न स्थानमा शनिबार भएका आतङ्कवादी आक्रमणको कडा निन्दा गरेको छ। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा सुरक्षा परिषद्का सदस्यहरूले उक्त घटनालाई 'अत्यन्तै घृणित र कायरतापूर्ण आतङ्कवादी आक्रमण' भन्दै कडा शब्दमा निन्दा गरेका छन्।
विज्ञप्तिअनुसार यस निन्दनीय आतङ्कवादी कार्यका कारण ४८ जनाको ज्यान गएको छ, जसमध्ये ३१ जना सर्वसाधारण रहेका थिए। मृतकहरूमा पाँच महिला र तीन बालबालिका समेत रहेका छन् । उक्त आक्रमणको जिम्मेवारी बलुचिस्तान मुक्ति सेनाले लिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै पाकिस्तान सरकार तथा जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना पनि गरिएको छ।
आतङ्कवादका सबै रूप र स्वरूप अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि गम्भीर खतरा भएको उल्लेख गर्दै परिषद्ले विश्व शान्ति र सुरक्षामा आतङ्कवादी गतिविधिबाट उत्पन्न हुने चुनौतीहरूको सामना गर्न सबै राष्ट्रहरू एकजुट हुनुपर्ने आवश्यकता दोहोर्याएको छ।
साथै यस्ता निन्दनीय आतङ्कवादी कार्यमा संलग्न अपराधी, योजनाकार, आर्थिक सहयोगी तथा समर्थकहरूलाई कानुनी दायरामा ल्याई न्यायको कठघरामा उभ्याउनुपर्नेमा जोड दिँदै यस सम्बन्धमा पाकिस्तान सरकारसँग सक्रिय सहकार्य गर्न सबै राष्ट्रहरूलाई आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु
-
कुनै पनि अन्तर्राष्ट्रिय शक्तिप्रति अनावश्यक झुकाव नराख्ने रास्वपाको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण