ढुक्क हुनुस् चुनाव एकै दिनमा हुन्छ : प्रधानमन्त्री कार्की
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन्।
- उनले निर्वाचन एकै चरणमा हुने र सबै मतदाताले मतदान गर्न पाउने विश्वास व्यक्त गरिन्।
- निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरी आफूहरु घर फर्किने कुरा उनले बताइन्।
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।
उनले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गरिन् । उनले निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकुल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गरिन् ।
निर्वाचनपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरी वर्तमान आफूहरु घर फर्किने उनको भनाइ छ । उनले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस् । एकै दिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनुहुनेछ । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’
उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद समेत व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण