दृष्टिविहीन समिरलाई घरमै पुगेर नागरिकता प्रदान
बिहीबार, २२ माघ २०८२, २१ : ०५
भोजपुर । भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले रामप्रसाद राई गाउँपालिकाका एक दृष्टिविहीन युवालाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् ।
रामप्रसाद राई गाउँपालिका–३, भुल्केका २४ वर्षीय समिर राईलाई प्रजिअ पौडेलले आज घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता लिन समस्या हुने भएपछि प्रशासनसँगको समन्वयमा गाउँमै समिरलाई नागरिकता प्रदान गरिएको वडाध्यक्ष रामु थापामगरले बताए।
आवश्यक कागजातका आधारमा राईलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ पौडेलले बताए। “अशक्त नागरिकलाई घरदैलोमै अत्यावश्यक सेवा दिने हाम्रो नीति छ । स्वास्थ्यका कारणले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई हामीले यसरी नै सेवा दिँदै आएका छौँ”, प्रजिअ पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
-
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
-
कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने !
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण