एप्स्टिन प्रकरण : मन्डेलसनसँगको निजी च्याट सार्वजनिक गर्दै बेलायतका उच्च अधिकारी
सारांश
- बेलायती प्रधानमन्त्री स्टार्मरले अमेरिकाका लागि राजदूत नियुक्त म्यान्डेलसनको नियुक्तिबारे माफी मागेका छन्।
- म्यान्डेलसनले एप्स्टिनसँगको सम्बन्धबारे झुट बोलेको स्वीकार गरेपछि प्रधानमन्त्रीले गल्ती स्वीकारेका हुन्।
- यस प्रकरणमा विपक्षी दल र आफ्नै पार्टीका सांसदहरूले प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन्।
लन्डन । बेलायतका प्रधानमन्त्री सर किएर स्टार्मरको सरकारका वरिष्ठ अधिकारीहरूले अमेरिकाका लागि राजदूत नियुक्त भएका लर्ड पिटर म्यान्डेलसनसँगका आफ्ना निजी इलेक्ट्रोनिक सन्देशहरू संसदलाई बुझाउन तयारी गरिरहेका छन् ।
म्यान्डेलसनको नियुक्तिसम्बन्धी प्रमाण सार्वजनिक हुनुअघि यो कदम आएको हो । जसले प्रधानमन्त्रीलाई थप दबाबमा पारेको छ । यो प्रकरण गहिरिँदै गएपछि स्टार्मरले बुधबार जेफ्री एपिस्टनका पीडितहरूसँग सार्वजनिक रूपमा माफी मागेका छन् ।
म्यान्डेलसनले एप्स्टिनसँगको सम्बन्धबारे बोलेको झुटमा विश्वास गरेर उनलाई राजदूत नियुक्त गरेको स्वीकार गर्दै उनले गल्ती भएको बताए । यस प्रकरणमा स्टार्मरका आफ्नै पार्टीका केही सांसदहरूले उनको राजीनामा मागिरहेका छन् ।
डाउनिङ स्ट्रिटका पूर्वसञ्चार निर्देशक जेम्स लायन्सले बीबीसी न्यूज नाइटमा निजी सन्देशहरू सार्वजनिक हुँदा थप सार्वजनिक व्यक्तिहरू विवादमा तानिन सक्ने चेतावनी दिएका छन् । उनले यसलाई सन् २००९ को सांसद खर्च घोटालापछि सबैभन्दा ठुलो राजनीतिक स्क्यान्डल बन्न सक्ने बताए ।
सरकारले म्यान्डेलसनको नियुक्तिसम्बन्धी सबै कागजात सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । यदि कुनै दस्ताबेज संवेदनशील ठहरिए भने तिनलाई संसद्को इन्टेलिजेन्स एन्ड सेक्युरिटी कमिटीलाई बुझाइनेछ ।
समितिले चुनावी जितयताका सबै सान्दर्भिक व्यक्तिगत सन्देशसमेत प्राप्त गर्ने अपेक्षा गरेको छ र ती छिट्टै संसदमा पेस हुने जनाएको छ । म्यान्डेलसन पक्षले भने भिटिङ प्रक्रियामा एप्स्टिनसँगको सम्बन्धबारे आफूले इमानदारीपूर्वक जवाफ दिएको दाबी गरेको छ । तर प्रधानमन्त्री स्टार्मरले सार्वजनिक भाषणमा भने आफूहरू कसैले पनि त्यो सम्बन्धको गहिराइ र अँध्यारो पक्ष थाहा नपाएको स्वीकार गरेका थिए ।
‘तपाईंहरूमाथि भएको अन्यायका लागि म क्षमाप्रार्थी छु– सत्तामा भएका धेरैले तपाईंहरूलाई निराश पारे, मैले म्यान्डेलसनको झुटमा विश्वास गरेँ र आज पनि तपाईंहरू यो कथा सार्वजनिक रूपमा फेरि हेर्न बाध्य हुनुहुन्छ’ पीडितहरूलाई सम्बोधन गर्दै उनले भने ।
कन्जरभेटिभ नेतृ केमी बेडेनकले प्रधानमन्त्रीको स्थिति अस्वीकार्य भएको बताएकी छन् भने लिबरल डेमोक्रेटहरूले लेबर पार्टीका सांसदहरूको विश्वास परीक्षण गर्न अविश्वास प्रस्तावको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण