अनेरास्ववियू (क्रान्तिकारी)ले १६५ वटै निर्वाचन क्षेत्रमा खटायो प्रतिनिधि, कहाँ को ?
आइतबार, २५ माघ २०८२, ०८ : ५७
१
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई विजयी गराउन १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ ।
जनतालाई मतदान शिक्षा दिँदै, भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न “एक बुथ एक सय क्रान्तिकारी युवा” परिचालनका लागि आवश्यक समन्वय गर्न प्रतिनिधि खटाइएको सङ्गठनले जनाएको छ ।
पार्टीका शीर्ष नेतृत्व र सङ्गठनका पूर्व पदाधिकारी उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा सङ्गठनका केन्द्रीय पदाधिकारीहरू प्रचार प्रसारमा सहभागी बन्ने भएका छन् ।
माघ २९ गते भित्रमा आआफ्नो निर्वाचन क्षेत्रमा अनिवार्य रूपमा केन्द्रित हुन सदस्यहरूलाई निर्देशन गरिएको अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण