श्रीलङ्काली सेनाद्वारा २५ जना भारतीय माझी पक्राउ
सोमबार, ०४ फागुन २०८२, १७ : १८
काठमाडाैँ । श्रीलङ्काली सेनाले सोमबार २५ जना भारतीय माझीहरूलाई श्रीलङ्काको जाफ्नाको कान्केसन्थुराईमा इलाकामा अवैध रुपमा माछा मारेको आरोपमा पक्राउ गरेको नौसेनाले जनाएको छ ।
सेनाका अनुसार माछा मार्नेहरू आइतबार राति श्रीलङ्काको उक्त क्षेत्रमा प्रवेश गरेका थिए भने उनीहरुको साथबाट दुई वटा यान्त्रिक डुङ्गाहरू पनि जफत गरिएको थियो । थप अनुसन्धानका लागि पक्राउ परेका माझिहरुलाई मत्स्यपालन तथा जलीय स्रोत विभागलाई हस्तान्तरण गरिने सेनाले जनाएको छ ।
स्थानीय माझीहरूको जीविकोपार्जनमा अवैधरुपमा माछा मार्ने अभ्यासले परेको प्रभावलाई उद्धृत गर्दै सेनाले विदेशी जहाजहरूद्वारा अवैधरुपमा माछा मार्ने कार्यलाइ रोक्न नियमित गस्ती र अपरेसनहरू जारी राखेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण