बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अदालतकाे आदेश

रवि लामिछानेविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश

सोमबार, ०४ फागुन २०८२, १८ : ४४
सोमबार, ०४ फागुन २०८२

सारांश

  • कास्की जिल्ला अदालतले रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश गरेको छ।
  • सर्वोच्च अदालतमा रिट परेकाले महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि मात्रै मुद्दा फिर्ताको निर्णय हुनेछ।
  • यसअघि रूपन्देही अदालतले पनि रवि विरुद्धको मुद्दा फिर्ता नगर्ने निर्णय गरेको थियो।

काठमाडौँ । कास्की जिल्ला अदालतले रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश गरेको छ ।

साेमबार कास्की जिल्ला अदालतका न्यायाधीश नितिश राईको इजलासले सोमबार रवि लामिछानेसहितको मुद्दा संसोधनका लागि सरकारी वकिल कार्यालयले पेस गरेको निवेदनमाथि सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयको निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेको हो । 

सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेस भएपछि मात्रै निर्णय हुने आदेश गरेको छ । यसअघि रूपन्देही अदालतले पनि रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले रवि विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते निर्णय गर्दै लामिछाने सहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।

लामिछानेविरूद्ध रूपन्देहीसँगै कास्की, काठमाडौं र चितवन जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप