कपिलवस्तुको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला
मङ्गलबार, ०५ फागुन २०८२, १२ : ४३
सारांश
- कपिलवस्तुका विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ।
- गोरुसिङ्गे बनगाई सडक, बर्गदीघाट पुल र वनकसबासा क्षेत्रमा शङ्कास्पद वस्तु फेला परेको हो।
- प्रहरीले नेकपा बहुमतले नेपाल बन्दको आह्वान गरेकोले शङ्कास्पद बस्तु सोही पार्टीले राखेको हुनसक्ने आशंका गरेको छ।
बुटवल । कपिलवस्तुको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेका छ । जिल्लाको गोरुसिङ्गे बनगाई सडक अन्तर्गत ड्राई नाला नजिक, बर्गदीघाट पुल र शिवराज नगरपालिकाको वनकसबासा क्षेत्रमा शङ्कास्पद वस्तु फेला परेको कपिलवस्तुका प्रहरी नायब उपरक्षक दीपेन्द्र कुमार सिंहले जानकारी दिए।
ड्राइलाला नजिक नेपाली सेनाको टोली पुगिसकेको छ । अन्य बर्गदी, वनकसबास क्षेत्रमा सेना पुग्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नेकपा बहुमतले आज नेपाल बन्दको आह्वान गरेकोले सोही पार्टीले शङ्कास्पद बस्तु राखेको हुनसक्ने आशङ्का गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण