रोनाल्डोबिना नै अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
सारांश
- क्रिस्टियानो रोनाल्डो बिना नै साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
- अल नासरले तुर्कमेनिस्तानको अर्काडाग एफसीलाई १-० ले पराजित गर्दै समग्रमा २-० को नतिजा निकाल्यो।
- अल नासरले युएईको अल वास्लसँग क्वार्टरफाइनल खेल्नेछ, र रोनाल्डोलाई आगामी खेलका लागि आराम दिइएको छ।
रियाद । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो मैदानबाहिर रहे पनि साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिग टुको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा तुर्कमेनिस्तानको अर्काडाग एफसीलाई १-० ले पराजित गर्दै अल नासरले समग्रमा २-० को नतिजासहित अन्तिम आठको यात्रा तय गरेको हो।
व्यवस्थापनसँगको असन्तुष्टिका कारण पछिल्ला तीन खेल गुमाएर गत शनिबार मात्र मैदान फर्किएका ४१ वर्षीय रोनाल्डो यसपटक भने दर्शकदीर्घामा बसेर टोलीको समर्थन गरिरहेका भेटिए। डिसेम्बर २०२२ मा रियादस्थित क्लबमा आबद्ध भएयता कुनै पनि ठुलो उपाधि जित्न नसकेका पाँच पटकका बलोन डी'ओर विजेता रोनाल्डोलाई साउदी प्रो लिग र च्याम्पियन्स लिगका आगामी महत्त्वपूर्ण खेलहरूका लागि आराम दिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
अब अल नासरले मार्च ३ मा हुने क्वार्टरफाइनलको पहिलो लेगमा संयुक्त अरब इमिरेट्सको अल वास्लसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो दर्जाको यस एसियाली प्रतियोगितामा अल नासरलाई उपाधिको बलियो दाबेदार मानिएको छ।
यसैबिच, एसियाको शीर्ष दर्जाको प्रतियोगिता 'एएफसी च्याम्पियन्स लिग एलिट' तर्फ पूर्वी क्षेत्रबाट जापानका तीन र दक्षिण कोरियाका दुई टोली अन्तिम १६ मा पुग्न सफल भएका छन्। मलेसियाको जोहोर दारुल ताजिम र थाइल्याण्डको बुरिराम युनाइटेडले पनि अघिल्लो चरणको यात्रा सुरक्षित गरेका छन् भने अस्ट्रेलियाको मेलवर्न सिटी सन् २०१६ पछि अन्तिम १६ मा पुग्ने दोस्रो अस्ट्रेलियाली टोली बनेको छ।
पश्चिमी क्षेत्रमा भने साउदी अरबका धनाढ्य क्लबहरू अल हिलाल, अल अहली र अल इत्तिहादको दबदबा कायमै छ। यी तीनै टोली शीर्ष चारमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्। इरानको ट्रयाक्टर, कतारका अल दुहेल र अल सादसँगै अल वाहदाले पनि नकआउट चरणमा आफ्नो स्थान पक्का गरेका छन्। च्याम्पियन्स लिग एलिटको अन्तिम १६ का पहिलो लेगका खेलहरू मार्च २ र ३ तारिखमा सञ्चालन हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण