कहिले बनिसक्ला पूर्व-पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक ?
नवलपरासी । पानी नपर्दाको समयमा धुलोले कुहिरिमण्डल र पानी पर्दा सवारी चिप्लिएर बाटो नै बन्द, पूर्व पश्चिम राजमार्गमा बस्ने नारायणगढ बुटवल सडक खण्डबाट पार गर्ने र यसको छेउमा बस्ने मानिसहरूको नियति नै भइसकेको छ।
कुल ११४ किलोमिटरको यो सडकलाई नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर (पूर्वी खण्ड) र दाउन्नेदेखि बुटवलसम्म ४९ किलोमिटर (पश्चिम खण्ड) गरी दुई प्याकेजमा विभाजन गरेर निर्माण कार्य २०७५ देखि नै सुरु भएको भए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
निर्माण सुरु भएको ७ वर्ष बितिसक्दा अझै पनि यो सडक खण्डको करिब ३० किलोमिटर सडक कहिलेसम्म बनिसक्छ भन्ने टुङ्गो छैन । अझ रोड मार्किङ्का कामहरु पनि बाँकी नै छ । आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डको भौतिक प्रगति ८० प्रतिशत र पश्चिम खण्डको ७७ प्रतिशत पुगेको छ ।
एसियाली विकास बैंक (एडीबी) को १६ अर्ब ९९ करोड ऋण सहयोगमा सञ्चालित यस आयोजना २०७५ सालदेखि चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले निर्माण सुरु गरेको भए पनि समयमा सकाउन सकेको छैन ।
अहिलेसम्म तीन पटक म्याद थपेर २०८३ साउनसम्म आयोजना सम्पन्न गर्न पर्ने सीमा रहेपनि समयमै सकिन्छ कि सकिन्न भन्ने संशय अझै बाँकी नै छ । सडक विस्तार पछि यो सडक खण्ड ७० किमि चार लेन, २९ किमि ६ लेनसहितको सर्भिस लेन र दाउन्ने खण्डको १४ किलोमिटर मा तीन लेनको हुनेछ ।
आयोजनाले अहिले पनि पूर्वी खण्ड (गैँडाकोट–दाउन्ने) को काम तीव्र गतिमा भइरहेको दाबी गरेपनि भौतिक प्रगति करिब ८० प्रतिशत मात्रै पुगेको छ ।
‘अहिले हाम्रो पूर्वी खण्डको काम ८० प्रतिशत जति सकिएको छ,’ सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले रातोपाटीलाई भने । ‘पुलहरूको काम लगभग सकिसकेको छ, अब मुख्य गरी कालोपत्र र केही ठाउँमा ढलान जोड्ने काम मात्र बाँकी छ ।’
कुल ६५ किलोमिटर लम्बाइ रहेको पूर्वी खण्डमध्ये ६१ किलोमिटर सडकमा दुई तह (टु लेयर) को कालोपत्र भइसकेको छ । अब बाँकी रहेको खण्डमा कालोपत्र र ढलानको काम भइरहेको छ । ‘६५ किलोमिटरमध्ये ६१ किलोमिटरमा दुई तहकै कालोपत्र भइसक्यो,’ खनालले भने, ‘अब करिब ६ किलोमिटर जतिमा एक तहको कालोपत्र गरेपछि चारै साइडको काम पूर्ण हुनेछ ।’
फिल्डमा हेर्ने हो भने पनि यो खण्डको बजार क्षेत्र र उकालो भागहरूमा गरिने ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ । ४ किलोमिटर ढलान गर्नुपर्नेमा हालसम्म ५० प्रतिशत अर्थात् २ किलोमिटर सम्पन्न भइसकेको छ । बाँकी २ किलोमिटर ढलानको काम आगामी मे महिनाको अन्त्य अर्थात् जेठको पहिलो साताभित्र सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाले ९० प्रतिशत काम सकिएपछि सडकको स्वरूप पूर्ण रूपमा बदलिने र बेसिक काम सकिने बताएको छ । यता पश्चिम खण्ड (दाउन्ने–बुटवल) को भौतिक प्रगति ७७ प्रतिशत मात्रै छ । इन्जिनियर खनालका अनुसार ६० किलोमिटर खण्डमा ढलान (रिजिट पेभमेन्ट) को काम करिब आधा सकिएको छ भने २५ देखि २७ किलोमिटर क्षेत्रमा ढलानको काम बाँकी छ ।
‘दाउन्नेको ढलानको काम वैशाख (अप्रिल) अन्त्यसम्म सक्ने र जेठ (मे) को अन्त्यसम्म दाउन्ने खण्डको सबै काम सकेर सडक पूर्ण रूपमा सञ्चालन गर्ने ठेकेदारको लक्ष्य छ ।’ इन्जिनियर तथा सूचना अधिकारी खनालले भने ।
_jhzXVpbC66.jpg)
_B2gbfjaDYH.jpg)
_MAi3RKyILA.jpg)
_6VCwvtj4Qz.jpg)
_Bi70vYz49N.jpg)
_6ELZ3W1pkw.jpg)
_VRNGUUi0pK.jpg)
_f2iB2ILt63.jpg)
_lbLypBFs1m.jpg)
_ROUH8QmOzg.jpg)
_ewb5Ew47Vj.jpg)
_TQy09k0aea.jpg)
_Xoan7e9MZd.jpg)
_pOTR8Obmfs.jpg)
_ZtZ4igYMk1.jpg)
_ytiGhJUbQL.jpg)
_whMqfB7y5F.jpg)
_JcQzqqfVSB.jpg)
_mxMKV07jsn.jpg)
_tQ4XhObwoP.jpg)
_eygCqvWaHv.jpg)
_iVgO5wbXCp.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण