रास्वपालाई पाँच वर्षका लागि देश चलाउने जिम्मेवारी दिन जनता आतुर : पुकार बम
सारांश
- रास्वपाका उम्मेदवार पुकार बमले सुशासन र भ्रष्टाचारमुक्त देश बनाउन चुनावी प्रतिस्पर्धामा होमिएको बताए।
- उनले युवाका लागि स्वदेशमै भविष्य बनाउने वातावरण बनाउने र काठमाडौं-४ को अन्याय अन्त्य गर्ने प्रतिबद्धता जनाए।
- काठमाडौं-४ मा बम, गगन थापा, राजन भट्टराई लगायत २८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ, जहाँ ७६ हजारभन्दा बढी मतदाता छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट काठमाडौं क्षेत्र नम्बर–४ का उम्मेदवार पुकार बमले देशमा सुशासन कायम गर्न र भ्रष्टाचारको जालो फाल्न आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने क्रममा उनले युवाहरूका लागि स्वदेशमै भविष्य निर्माण गर्ने वातावरण बनाउनु आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरेका हुन्।
बमले काठमाडौं क्षेत्र नम्बर–४ ले लामो समयदेखि भोग्दै आएको राजनीतिक र प्रशासनिक अन्यायको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो क्षेत्रलाई सम्पदा पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। घरदैलोका क्रममा मतदाताहरूमा निकै उत्साह देखिएको र रास्वपालाई पाँच वर्षका लागि देश चलाउने जिम्मेवारी दिन जनता आतुर रहेको भन्दै उनले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।
यसपटक काठमाडौँ– ४ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। यसअघि नेपाली कांग्रेसका गगन थापा विजयी भएको यस क्षेत्रमा यसपालि रास्वपाका बमका साथै नेकपा एमालेका राजन भट्टराई, कांग्रेसका सचिन तिमल्सिना, राप्रपाका सुरेन्द्र भण्डारी र नेकपाका इन्द्रकुमार भुसालसहित २८ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।
कूल ७६ हजार १४१ मतदाता रहेको यस क्षेत्रमा निर्वाचनका लागि ३३ वटा मतदानस्थल र ८८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
-
अपराध अनुसन्धानमा सूचनाप्रविधिको प्रयोग सहजतासँगै चुनौती
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण