शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कोही भदौ २४ मा सिंहदरबार जलाउन लगाएर त्यही मौका छोपेर जेलबाट भागे : गगन थापा

शुक्रबार, १५ फागुन २०८२, १६ : ५६
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • गगन थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै भदौ २४ गते सिंहदरबार जलाउने कुरा गरे।
  • थापाले अतिवादको विपक्षमा कांग्रेस रहेको र निर्वाचनबाट अतिवादीलाई रोक्न आग्रह गरे।
  • उनले कांग्रेसले आफ्नो सम्पत्ति छानबिन गर्ने र गल्ती गर्नेलाई नछोड्ने बताए।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन् । नेपाली कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २४ गते सिंहदरबार लगायतका सम्पत्ति जलाउन लगाएर त्यही मौका छोप्दै जेलबाट भागेको बताएका हुन् । यद्यपि उनले लामिछानेको नाम भने लिएनन् । 

‘एउटा पक्ष भदौ २४ गते सिंहदरबार लगायतका सरकारी सम्पत्ति जलाउन लगाएर त्यही मौका छोपी जेलबाट भाग्यो,’ लामिछानेप्रति व्यङ्ग्य गर्दै थापाले भने, ‘त्यो अतिवाद हो । कांग्रेस त्यस्तो अतिवादको पक्षमा छैन ।’ 

उनले एक पक्ष भदौ २३ अघि केही पनि भएको छैन भन्ने र अर्को पक्ष भदौ २४ गते सिंहदरबार लगायतका सरकारी सम्पत्ति जलाएपछि परिवर्तन हुन्छ भन्ने अतिवादी रहेको र त्यो पक्षमा कांग्रेस नरहेको सभापति थापाले बताए । 

थापाले अब मुलुकले यो भन्दा बढी अतिवाद थेग्न नसक्ने बताउँदै अतिवादीलाई निर्वाचनबाट ठुलो शक्ति हुन नदिन आग्रह गरे । 

कांग्रेस बदलिएर र सङ्कल्प गरेर आएकाले जे भन्छ त्यो पूरा गर्ने बताए । कांग्रेसले ०४६ सालपछि प्रधानमन्त्री भएका शेरबहादुर देउवा र मन्त्री भएका गगन थापाको पनि सम्पत्ति छानबिन गर्ने थापाले बताए । गल्ती गरेको भए परिवारकै मान्छे भए पनि नछोड्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप