मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अध्यक्ष लिङ्देनको आग्रह
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यपूर्वको तनावबारे चिन्ता व्यक्त गरे।
- उनले त्यहाँ रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गरे।
- लिङ्देनले नेपालीहरुलाई तत्काल सहायता र स्वदेश फिर्ताको व्यवस्था गर्न अनुरोध गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । शनिवार अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमार्फत चिन्ता व्यक्त गरेका हुन् ।
उनले त्यस क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा प्राथमिक चिन्ताको विषय रहेको बताउँदै तनावपूर्ण क्षेत्रमा रहेका नेपालीको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
साथै उनले नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई तत्काल सहायता, सुरक्षित व्यवस्थापन एवं नेपाल फर्कन चाहनेहरूका लागि अविलम्ब आवश्यक प्रबन्ध गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन् ः ‘नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावास र नियोगहरूलाई नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई तत्काल सहायता, सुरक्षित व्यवस्थापन एवं नेपाल फर्कन चाहनेहरूका लागि अविलम्ब आवश्यक प्रबन्ध गर्न आग्रह गर्दछु।’
उनले प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै सुरक्षित रहन र सुरक्षा सचेतता अपनाउन सबैलाई हार्दिक अपिल समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण