राप्रपा रूपन्देहीका क्षेत्रीय अध्यक्ष निलम्बनमा
आइतबार, १७ फागुन २०८२, २१ : १८
सारांश
- राप्रपा रूपन्देहीका क्षेत्रीय अध्यक्ष राम बहादुर थापा आर्थिक प्रलोभनमा परेर निलम्बनमा परेका छन्।
- उनले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएपछि पार्टीले उनलाई निलम्बन गरेको हो।
- जिल्ला अध्यक्ष सागर प्रताप राणाले थापाको कार्यशैली निन्दनीय रहेको बताए।
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) रूपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष राम बहादुर थापा निलम्बनमा परेका छन् । पार्टीको नीति तथा हित विपरित व्यक्तिगत रुपमा आर्थिक प्रलोभनमा परी नेपाली कांग्रेसका उमेदवारलाई समर्थन गर्ने निर्णयपछि उनी निलम्बनमा परेका हुन् । जिल्ला अध्यक्ष सागर प्रताप राणाले विज्ञप्ति जारी गर्दै थापालाई निलम्बन गरिएकाे बताएका हुन् । थापाको क्रियाकलाप अन्यन्तै दुःखद र निन्दनीय रहेकाे अध्यक्ष राणाले बताए ।
पार्टीको नीति तथा निर्देशनको विपरित गएर व्यक्तिगत सम्झौता गरी पार्टीलाई हानी नोक्सानी पुर्याएकाे भन्दै आइतबार पार्टीबाट निलम्बन गरिएको उनले बताए । थापाले कांग्रेसका चन्नुप्रसाद शर्मा(पाैडेल)लाई प्रतिनिधि सभा निर्वाचनमा समर्थन गर्ने निर्णय गरेका थिए।
यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण