कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
कर्णाली । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।
कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार १० जिल्लाका ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्रमा नेपाली सेनासहित सबै तहका सुरक्षाकर्मी र कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका हुन् । प्रदेशका डोल्पा, हुम्ला र मुगु जिल्लामा हेलिकप्टर र पैदलमार्फत कर्मचारी मतदान केन्द्रमा पुगिसकेको उनले बताए।
माथिल्लो डोल्पाका २० मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरको सहयोगमा निर्वाचन कर्मचारीसहित सामग्री पु¥याइएको र तीन मतदान केन्द्रमा तीन दिनको पैदलयात्रा गरी कर्मचारीसहित निर्वाचन सामग्री पुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिए। उनका अनुसार यहाँ कारागारमा रहेका कैदी र कर्मचारीका लागि दुई अस्थायीसहित ७० मतदान केन्द्र रहेका छन्।
यस्तै, जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले एक अस्थायीसहित जिल्लाका ७० वटै मतदान केन्द्रमा सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीसहित सामग्री पुगेको बताउनुभयो । यसैगरी, जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले चार वटा मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सामग्री हेलिकप्टरमार्फत पुर्याइएको बताए । उनका अनुसार हुम्लामा ६० मतदानस्थल तथा एक अस्थायीसहित ६५ मतदान केन्द्र रहेका छन्।
पाँच लाख २७ हजार ८८६ पुरुष र पाँच लाख नौ हजार ३६१ महिला गरी कर्णाली प्रदेशमा दश लाख ३७ हजार मतदाता रहेका छन् । प्रदेशमा सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार ९४३ छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ मतदाता रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण