आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनगढीमा दुई समूहबिच झडपः १२ जना नियन्त्रणमा, सुरक्षा व्यवस्था कडा

मङ्गलबार, १९ फागुन २०८२, २१ : २८
मङ्गलबार, १९ फागुन २०८२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ युवाहरूका दुई समूहबिच भएको विवादले उग्र रूप लिँदा झडप भएको छ ।

स्थिति तनावग्रस्त बनेपछि प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, झडपमा केही व्यक्तिहरू घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको हो ।

झडप नियन्त्रण गर्ने क्रममा केही प्रहरी कर्मचारीसमेत घाइते भएका छन् भने प्रहरीको एउटा सवारी साधनमा सामान्य क्षति पुगेको जानकारी दिइएको छ । युवाहरूबिच कुन विषयलाई लिएर विवाद भएको हो भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन ।

हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको र दोषीमाथि कडा कारबाही गरिने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप